प्रदेश सांसदलाई ल्यापटप

title
आइतवार, कार्तिक १८, २०७५

जनकपुर । प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ । सचिवालयसँग कार्यालय प्रयोजनका लागि विधुतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकोले ल्यापटप खरिद प्रक्रिया अघि बढाईने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिएका छन् ।