प्रदेश २ का मन्त्रीले कुटे सचिव, उल्टै सचिव पक्राउ

title
आइतवार, पुस २९, २०७५

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् ।

आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए ।