प्रदेश ३ को आफुखुशी निर्णय

title
आइतवार, अशोज २८, २०७५

काठमाडौं । केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना ओएन्डएम भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक एकवटा मात्र राख्ने निर्णय गरेको छ ।

उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । यो खबर आजको कान्तिपुरमा समाचार छापिएको छ ।

केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद् बैठकले मकवानपुर र सिन्धुलीमा दुईदुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम भत्काउँदै एक एकवटा मात्र राख्ने र बढी कर्मचारी केन्द्रमै फिर्ता गरिदिने निर्णय गरेको थियो ।

प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त निर्णय संघीय मन्त्रिपरिषद् कार्यालयमा पठाइसकेको छ ।