प्रधानन्यायाधिशमा सिफारिस जबराको सुनुवाई प्रक्रिया सुरु, सोमवारदेखि उजुरी दिन आह्वान

title
आइतवार, पुस १, २०७५

काठमाडौ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको आईतवार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश जबराविरुद्ध उजुरी दिन भोलिदेखि आह्वान गर्ने निर्णय गरेको हो । गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाई गर्न समितिलाई पत्राचार गरेको थियो ।

सोही पत्राचारमाथि छलफल गर्दै समितिले भोली बाट १० दिनसम्मका लागि प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तास“ग आवश्यक छलफल गर्नुपर्ने हुन्छ । सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधिशमा सिफारिस जबरासँग सुनुवाई हुने पनि स्पष्ट पार्नु भयो ।

समितिले जबराको सुनुवाई चित्त बुझे प्रधानन्यायाधिशमा उहाँको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।