प्रधानन्यायाधीशबारे छलफल गर्न संवैधानिक परिषदको बैठक बस्दै

title
सोमवार, मंसिर १७, २०७५

काठमाडाैं । भावी प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नका लागि संवैधानिक परिषदको बैठक बस्ने तयारी भएको छ ।
बैठक सोमबार बस्ने तयारी रहेको तर समय तय नभएको प्रधानमन्त्री केपी ओलीको निजी सचिवालयले जनाएको छ ।न्याय परिषदले सिफारिस गरेका नाममा छलफल गरी प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने निमय छ ।

न्याय परिषदले वरिष्ठताको आधारमा भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।
अब संवैधानीक परिषदले यी नाममा छलफल गर्ने छ र संसदीय सुनुवाईका लागि संसदीय सुनुवाई समितिमा पठाउनेछ । सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेर हदका कारण अवकाश लिँदै छन् ।
प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन।