प्रधानन्यायाधीशबारे सुनुवाई समितिको बैठक आज पनि स्थगित

title
बुधबार, साउन १६, २०७५

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका बारेमा आज पनि निर्णय गर्न सकेन ।

आज दिउँसो साढे ३ बजे बोलाइएको बैठक साँझ ६ पछि सुरू भए पनि बैठकले प्रस्तावित प्रधानन्यायाधिस जोशीको नियुक्त बारे कुनै निर्णय गर्न नसकेको हो ।

जोशीलाई प्रधानन्यायाधीशका रूपमा सत्ता पक्षीय सांसदले अस्वीकार गर्ने र प्रतिपक्षी सांसदले स्वीकार गर्ने अडानका कारण आजको बैठक ढिलो सुरू भएको थियो ।

बैठकमा प्रमुख विपक्षी कांग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेपछि बैठक स्थगित भएको हो ।

समितिको अर्को बैठक शुक्रबार बस्ने भएको छ ।