
काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिसलाई आजको संसदीय सुनुवाइ समिति बैठकले सर्वसम्मत अनुमोदन गरेसँगै कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको हो ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्कीको नाम संसदीय समितिका सबै सदस्यले अनुमोदन गरेको बताए ।
गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।
समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ ।