
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधवार प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।