‘प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको प्रतिवेदन सन्तोषजनक’

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौँ — छातीमा संक्रमण भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जनाएको छ ।
बुधबार बिहान १० बजे अस्पतालले एक प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो।अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बुधबार गरिएका परीक्षणका रिपोर्टहरु सन्तोषजनक रहेको स्वास्थ्य्य स्थितिमा थप सुधार देखिकको जानकारी गराइन्छ।’

प्रा. डा. अरुण सायमीको स‌ंयोजकत्वमा प्रा. डा. दिव्या सिंह शाह तथा डा. सन्त कुमार दास सम्मिलित समूहले प्रधानमन्त्री ओलीको उपचार गरिरहेको छ।