प्रधानमन्त्रीबाट एभोकाडोको विरुवा रोपेर विरुवा रोपण अभियानको शुभारम्भ

title
बुधबार, जेष्ठ २२, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेकाछन् ।

विश्व वातावरण दिवसको सन्र्दभमा आज(बुधवार) सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको औपचारिक उद्घाटन गरे ।

उनले एभोकाडोको विरुवा रोपेर सिंचन पनि गरे । समारोहमा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो । गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतले पनि फुलफुलका विरुवा रोपेका थिए । सरकारले आगामी बर्षलाई वृक्षारोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

त्यसैगरी कृषि बनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा आज(बुधवार) फलफूलका विरुवा रोपणलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।

लम्जुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबै भन्दा बढी विरुवा रोपिएको जानकारी कार्यक्रममा गराईएको थियो ।