प्रधानमन्त्रीबारे झुठो समाचार लेख्ने पक्राउ

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सम्बन्धमा झुठो तथा भ्रमपुर्ण समाचार सम्प्रेषण गरेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाले पाथीभरा अनलाइनका डटकमका सम्पादक स्याङ्जा हरिनाथ ५ का हरिप्रसाद मानन्धरलाई राजधानीबाट नियन्त्रणमा लिएको हो । उनिमाथि विद्युतीय अपराध तथा कसुरअन्र्तगत कारवाही सुरुगरिएको प्रहरीले जनाएको छ । प्रहरीले भ्रमपुर्ण झुठा समाचार नगर्न तथा नगराउन समेत सबैमा आग्रह गरेको छ ।