प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

title
बुधबार, कार्तिक १४, २०७५

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ ।  संक्रमण बढन सक्ने जनाउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो ।

मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ,– ‘प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय रायअनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको छ ।’ प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रेस नोट जारीगरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी गराएका छन् ।