प्रधानमन्त्री अोलीको आरोप ‘सरकारमाथि चाैतर्फी हमला भयो ’

title
आइतवार, पुस १, २०७५

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने बताउनुभएको छ । आईतबार नेकपा मुख्यालय धुम्वाराहीमा तत्कालीन एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिएको टिप्पणी गर्दे प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारमाथि भयानक रुपमा प्रचारात्मक हमला भइरहेको पनि बताउनुभयो । उहाले निकै लामो प्रयासपछि मुलुकमा ठूलो परिवर्तन आएको भन्दै अव मुलुक पछाडी हट्न नसक्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिले भनेपछि प्रहरी तालिम केन्द्र सार्न खोजिएको भन्दै समाचारहरु प्रकाशित भएको प्रति लक्षित गर्दै सार्ने कुरा राष्ट्रपतिले नभई तीन बर्षअघि नै सरकारले तयारी गरेको जिकिर गर्नुभयो । आफूहरुले देशलाई जनताको अधिकारको सुरक्षा र सम्मानको पूर्ण प्रत्याभूत भएको लोकातान्त्रिक प्रणालिमा लान चाहेको र लगिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले आफूलाई डेमोक्रेट भन्नेहरुले दुई अध्यक्षको अनौठो प्रणालीलाई स्वीकार्न नसकेको तर्क गर्नुभयो ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायक्षेत्रका कारण राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कुरामा व्यवधान देखिने गरेको बताउनुभयो । राजनीतिक परिवर्तनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मध्ये सबैभन्दा कम भूमिका अदालतको हुने गरेको उहाको भनाई छ ।

प्रचण्डले कार्यपालिका, न्यायपालिका व्यवस्थापिकाबीचको तालमेल मिलाउन तीन पक्षबीच अनिवार्य रहको धारणा राख्नुभयो । कार्यक्रममा गणतान्त्रिक प्रगतिशिल कानुन व्यावसायी एशोसियशन तथा पेशागत प्रगतिशील कानुन व्यवसायी सङ्गठनबीच एकतापछि नेपाल कानुन व्यावसायिक सङ्गठनको घोषणा गरिएको थियो ।