प्रधानमन्त्री अोलीलाइ फेसबुकमा गाली गर्ने वडासचिव पक्राउ

title
मङ्लबार, भदौ ५, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव समेत रहेका भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई १ लाखसम्म जरिवान वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।