प्रधानमन्त्री ओलीको आइसीयूमा उपचार हुँदै, छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित

title
सोमवार, कार्तिक १२, २०७५

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

अस्पतालले आज विहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान ४ः३० बजे प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था बुझ्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पताल पुगेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताहरु अस्पताल पुगेका थिए । शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत प्रधानमन्त्री ओली स्वास्थ्य समस्याकै कारण उपस्थित हुन सक्नुभएको थिएन ।