प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, बोलाए मन्त्रीपरिषद् बैठक

title
आइतवार, कार्तिक ११, २०७५

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।

रुघाखोकी तथा ज्वरो आएका कारण पार्टीले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्याक्रममा सामेल नभए पनि ओलीको स्वास्थ्य अवस्थाका बारेमा चिन्ता भएको थियो । तर उनको निजी सचिवालयले भने सामान्य रुघाखोकी रहेको र प्रधानमन्त्री बालुवाटार निवासमै रहेको बताएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारले भने, ‘सामान्य रुघाखोकी हो, उहाँ अस्पताल जानु भएको छैन । बालुवाटारमै हुनुहुन्छ । स्वास्थ्यमा सुधार भएको छ ।’

उनले आइतबार दिउँसो तीनबजेपछि मन्त्रीपरिषदको बैठक बस्ने तय भएको पनि जानकारी दिए । ओली शनिबार आराम गरेर फेरि काममा फर्किन थालेका हुन् ।