प्रधानमन्त्री ओलीबाट दुई नंवर प्रदेशसभा बैठकको जनकपुरमा संवोधन

title
शनिबार, भदौ २, २०७५

जनकपु्र । प्रधानमन्त्री केपी शर्मा ओली दुई नंवर प्रदेश सभाको बैठकमा संवोधनका लागि शनिवार जनकपुर पुग्नुभएको छ ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवका अनुसार आज दिउंसो २ बजेपछि बस्ने प्रदेशसभाको दोस्रो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । ७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्री ओलीले यसअघि विभिन्न प्रदेशमा सम्बोधन गरिसक्नुभएको छ । प्रदेश संसद् सचिवायले प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा अनिवार्य उपस्थितिका लागि आह्वान गरेको छ ।

संविधान र प्रदेश नियमावली अनुसार राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था नरहेको भन्दै बुद्धिजिविहरुले आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओली जनकपुर पुग्नुभएको हो । कतिपय सांसदले समेत प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्री ओली आजै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ दशवर्षे शसस्त्रयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभामा सहभागी हुने तालिका छ ।