प्रधानमन्त्री ओली भन्छन्– केही दिनमा जता फर्कियो त्यतै सरकार देखिन्छ

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केहि समयभित्र जताततै सरकारमात्र देखिने बताउनुभएको छ । मंगलबार काठमाडौमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दे प्रधानमन्त्री ओलीले आफ्ना आलोचकहरुको कडा प्रतिवाद गर्दे केही दिनमै जता फर्कियो त्यतै सरकार देखिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले अबदेखि यस्ता कार्यक्रमको शुभारम्भ नौमती बाजा बजाएर गर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको भन्दै देश बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुःख पाएका जनतालाई सोध्न आग्रह गर्दे जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने तर्क गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रको गरिमा र लोकतन्त्रको उपज भएको बताउँदै उहाले ती संस्थाहरुलाई विवादमा ल्याइएकोमा चिन्ता व्यक्त गनुएभयो । विभिन्न तवरवाट लोकतन्त्र मास्न खोजिरहेको, परिवर्तन संस्थागत हुन नदिन अनेक प्रयत्न गरिरहेको, एकता, साम्प्रदायिकतामा खलल पुर्याउने कोसिस गरिरहेको उहाको भनाई छ ।