प्रधानमन्त्री ओली अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या, आइसियूमा राखेर उपचार हुँदै

title
सोमवार, कार्तिक १२, २०७५

काठमाडौं । स्वास्थ्यमा समस्या दिखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए । थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा राखि उपचार गरिँदै छ । उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको हो।

अहिले ९ बजे अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिँइदैछ । प्रधानमन्त्री ओली उपचारार्थ भर्ना भएको खबरपछि पार्टीका नेता, कार्यकर्ता अस्पताल पुगेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बिहानै अस्पताल पुग्नु भएको छ ।

शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए ।