प्रधानमन्त्री कप : एपीएपको विजयी सुरुवात, पारसको टोली पराजित

शनिबार, जेष्ठ ११, २०७६

काठमाडौँ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश नम्बर तीनलाई पराजित गरेको छ । शनिबार प्रतियोगिताअन्र्तगत दोस्रो खेलमा एपीएफविरुद्व राष्ट्रिय टिमका कप्तान पारस खड्का नेतृत्वको प्रदेश तीन ४१ रनले पराजित भयो ।

टियुस्थित किर्तिपुर मैदानमा २ सय ८९ रनको फराकीलो लक्ष्य पछ्याएको प्रदेश ३ का लागि र्राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरे पनि जित भने दिलाउन सकेनन् ।

फराकीलो लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रन मात्र बनाउन सक्यो । प्रदेश ३ का लागि ज्ञानेन्द्रले १ सय १७ रनको शतकिय पारी खेलेका थिए । त्यस्तै २७ र ईशान पाण्डेले १२ रन बनाउनु बाहेक अन्यले दोहरो अंक समेत छुन सकेनन् । यता, एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतक बनाएका थिए ।

सुमितले ९४ रनको योगदान दिदाँ पृथुले ५९ रन जोडेका थिए । त्यस्तै प्रदीप सिंह ऐरीले ४० रन जोड्दा अमर सिंह रौटेलाले अविजित २७ रन बनाएका थिए ।