प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौँ – अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको हो ।

विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सीधैं प्रधानमन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गर्न वार रुम प्रयोगमा ल्याउन लागिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।