प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै

title
शनिबार, अशोज ६, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार अमेरिका प्रस्थान गर्दैछन् ।

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।