प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य स्थिति सामान्य

title
शनिबार, कार्तिक १७, २०७५

छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रुपमा स्वस्थ भएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

उपचारमा संलग्न चिकित्सकले शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटार फिर्ता गराएका हुन् । निवास फर्किंदै गर्दा प्रधानमन्त्री ओलीले चिकित्सकहरुप्रति धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्य स्थिति सामान्य देखिएको पाइएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरूण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थियो ।