देश
प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक म्याकनबीच भेटवार्ता
0 टिप्पणी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)की कार्यकारी निर्देशक सिण्डी म्याकनसँग भेटावर्ता गरेका छन् ।
इटालीको रोममा आयोजित फुड सिस्टम समिट+२ मा पुगेका प्रधानमन्त्री प्रचण्डले सोमबार म्याकनसँग भेटवार्ता गरेका उनको सचिवालयले जानकारी दिएको छ ।
उनले आजै युएनओका महासचिव एन्टोनी गुटरेससँग पनि भेटावार्ता गरेका थिए । त्यस्तै, उनले समिटको उद्घाटन सत्रलाई सम्बोधन पनि गरेका थिए ।