प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

title
शनिबार, पुस २८, २०७५

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्रलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी दिएका छन् । शुक्रबार ६ दिने भारत भ्रमणमा गएका थापालाइ शनिबार नयाँ दिल्लीमा मानार्थ महारथीको दर्ज्यानी दिईएको हो । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलसहित थापा शुक्रबार भारत प्रस्थान गरेका हुन् ।

शनिबार भारतीय राष्ट्रपति निवासले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान र नेपालको भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो।’

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टर्न जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।