प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन बारे निर्णय गर्न संसदीय समितिमा मतदान हुने

title
शुक्रबार, साउन १८, २०७५

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिमा भोटिङ हुने भएको छ ।

शुक्रवार बिहान ११ बजे सिंहदरबारमा सुरू भएको बैठकमा प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्ने र नगर्नेे विषयमा हुन लागेको मतदानअघि कांग्रेसले १० मिनेट समय मागेको थियो ।

जेष्ठ सदस्यका हैसियतले सभापतित्व गरिरहेका लक्ष्मणलाल कर्णले १५ मिनेट समय दिएको समिति सदस्य सुमनराज प्याकुरेलले जानकारी दिनु भयो । समिति सचिवालयले मतदानको तयारी भइरहेको जनाएको छ । संघीय समाजवादी फोरमसहित समितिमा सत्तापक्षका दुई तिहाइ सदस्य छन् ।

शुक्रवार बिहान १० बजे बोलाइएको बैठक झन्डै एक घन्टा ढिला गरी सुरू भएको थियो । यसअघि बुधबारको बैठकमा जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने बिषय आजको बैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियो । शैक्षिक प्रमाण पत्र र कार्यसम्पादनलाई आधार मानेर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरू जोशीलाई अनुमोदन नगर्ने पक्षमा छन् ।

प्रधानन्यायाधीशमा सिफारिश जोशीको साउन १० गते संसदीय सुनुवाइ भएको थियो ।