प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको प्रधानमन्त्रीको दावी

title
मङ्लबार, माघ २९, २०७५

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताउनु भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मङ्गलवार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८औ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरि फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजादै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको दाबी उहाँले गर्नुभयो ।

शान्ति सुव्यवस्था खल्बल्याउने र जनतालाई आतंकित पार्ने काम भईरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताउनुभयो ।