प्रहरी महानिरीक्षक खनाल:पदीय दायित्वको दुरुपयोग गर्ने जोकोहीलाई पनि कारवाही गरिने

title
शनिबार, पुस २१, २०७५

काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुन कार्यान्वयनका लागी पदीय दायित्वको दुरुपयोग गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताउनुभएको छ ।

काठमाडौमा भएको कार्यक्रममा उहाँले प्रहरीभित्र पदीय दुरुपयोगको प्रश्न बेला बेलामा उठ्ने गरेको भन्दै पदीय दायित्वको दुरुपयोग गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताउनुभयो । आफुले प्रहरी संगठनको नेतृत्व सम्हालिरहदा पदीय दायित्वको दुरुपयोग प्रति सजक रहेको उहाँको भनाइ छ ।

उहाँले जिम्मेवारी अनुसारको काम गर्न कुनैपनि प्रहरी पछि पर्न नमिल्ने भन्दै यसमा आम नागरिकको सहजीकरण पनि आवश्यक रहेको धारणा राख्नुभयो । उहाले कुनैपनि प्रहरी अधिकारीको नीजी कामका लागी प्रहरीको प्रयोगमा पूर्णत बन्देज लगाइने स्पष्ट पार्नुभयो ।

साईवर व्युरो र मानववेचविखन व्युरो गठन गर्दै यसलाई सशक्त रुपमा अघि बढाउन सरकाले सहयोग गरेको उहाँले बताउनुभयो ।