प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु

title
आइतवार, असार २४, २०७५

काठमाडौँ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आजबाट प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सुरु भएको छ ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई परिपूर्ति गर्न प्राविधिक शिक्षाको विकास र विस्तार गरी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न अपिल गर्ने उद्धेश्यले पहिलोपटक अभियान शुरु गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुरु गरेको अभियानको आईतबार काठमाडौमा आयोजित बिशेष कार्यक्रमबिच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री पोखरेलले सरकारले समृद्धि मुलुक निर्माणका लागी शिक्षा क्षेत्रको भूमिकाका बिषयमा सार्वजनिक गरेको १० बुदे मार्गचित्रका आधारमा सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी भएकाहरुले देश विकासको मुख्य आधार प्राविधिक शिक्षा भएकाले विकास र समृद्धिको लक्ष्यलाई पुरा गर्न प्राविधिक शिक्षालाई नै प्राथमिकता दिनुपर्ने बताएका थिए ।