प्रेममा छन् त अनमोल ? साराले पनि मुख खोलिन्

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं । चलचित्रका कलाकाहरु लभ स्टोरी आम दर्शकका लागि मात्र नभएर मिडियाका लागि समेत चासोको विषय बन्ने गर्छ । उनीहरुको व्यक्तिगत जीवनका विषयमा मिडियाकर्मीहरुले समेत खोजतलास गर्दै वास्तविकताको पर्दाफास गर्ने गरेका छन् । त्यतिमात्र नभएर सेलिब्रेटीको सबैभन्दा बढी चर्चामा रहने विषय भनेकै लभ र ब्रेकअप नै हो ।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले फिल्मभन्दा बढी प्रेमकै कारण चर्चामा छन् । अभिनेत्री परमिता आरएल राणा प्रेम र ब्रेकअपकै कारण मिडियामा छाइरहेकी छन् ।

अर्की अभिनेत्री साम्राज्ञी आरएल शाह पनि अफेयरकै कारण ‘हटकेक’ बनेकी छन् । अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङसँग र अभिनेता पल शाह, अभिनेत्री आँचल शर्मासँग प्रेममा रहेको खबर पनि मिडियाका लागि मसाला बनिरहेको छ ।

यहीबीचमा अहिले अभिनेता अनमोल केसीको प्रेम प्रसंगले समेत बजार तातेको छ । ‘जेरी’ रिलिजताका उनी अभिनेत्री आना शर्मासँग प्रेममा रहेको चर्चा थियो । तर, यो फिल्म रिलिजसँगै सेलायो । अहिले अभिनेत्री सारा सिर्पालीसँग उनको नाम जोडिएको छ । तर, अभिनेत्री सारा भने अनमोल साथी मात्र रहेको बताउँछिन् ।

उनी भन्छिन् ‘उहाँले मलाई ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ को बेला शुभकामना दिनुभएको थियो । उहाँको ममीसँग काम गरेका कारणले पनि होला । तर, प्रेममा छैनौं ।’ उनले अनमोलसँग दुई–चार पटक भेट भएको पनि बताएकी छिन् ।

यस्तै अनमोलले समेत भनेका छन् ‘हामी इन्टा साथी मात्र हौं । न भेट भएको छ न त प्रेम नै छ ।’ अनमोलले आफ्नो आधिकारिक इन्स्टाग्राममा ५ सय बढीलाई फलो गर्छन् जसमा सारा पनि पर्छिन् ।

फिल्म ‘रुद्र’ को बेलादेखि यी दुई एकअर्कासँग नजिक भएका थिए । हाल मनाङमा फिल्म ‘ए मेरो हजुर ३’ को सुटिङमा व्यस्त अनमोलले ‘पिजडा ब्याक अगेन’ मा आफ्नो आमासँग काम गरेका कारण सारासँग सामाजिक सञ्जालमा चिनजान भएको बताए ।

उनले सारासँग नाम जोडिएका कारण आफू अचम्मित भएको समेत बताएका छन् । उनले भनेका छन् ‘प्रेममा भएको दिन म आफैं भन्नेछु । अहिलेसम्म सिंगल छु ।’