‘प्रेमलीला’को पाेलिसी- ‘तक्लु ब्युटी कन्टेस्ट’

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । चलचित्र चलाउनका लागि निर्माण पक्षले आफ्नो चलचित्र प्रदर्शनमा आउनुपूर्व विभिन्न फण्डा अपनाउने गरेका छन् । देश दौडाहा, म्यूजिक कन्सर्टसँगै विभिन्न पुरस्कारको घोषणा गरिरहेका बेला नयाँ चलचित्र प्रेम लिलाले पनि आफ्नो चलचित्रको प्रचार–प्रसारमा नयाँ फण्डा अपनाएको छ ।

माघ २५ गत बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमलीला’ले प्रचार प्रसारको नयाँ फण्डा सुरु गरेको छ । प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजाना गर्ने भएको छ । प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि सिनेमाको अफिसियल फेसबुक पेज ‘प्रेम लीला’ – लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्नेछ ।

प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिने निर्माण पक्षलको भनाइ छ ।

दीपशिखा खड्काकै कथा रहेको सिनेमामा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । सिनेमामा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छ । सिनेमामा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । सिनेमामा महेश खड्का, नबिन कार्की र बिराज शाहको संगीत रहेको छ । सिनेमामा दीपशिखा र अली सानका अलवा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।