‘प्रेम गीत–२’ले पिट्यो तहल्का

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं । २०७४ सालको सुपरहिट चलचित्र ‘प्रेम गीत २’ युट्युबमा पनि सुपरहिट बनेको छ । युट्युवमा सार्वजनिक भएसँगै धेरै भ्युअर पाएकै कारण चलचित्र ट्रेन्डिङ वानमा पर्न सफल भएको छ । चलचि युट्युबमा रिलिज भए देखि नै ट्रेन्डिङमा रहेको ‘प्रेम गीत २’ अहिले ट्रेन्डिङ नम्बर वान मा रहेको छ ।

प्रदर्शनताका हलमा दर्शकको अपार माया पाएको चलचित्रले युट्युबमा पनि दर्शकहरुको अपार माया पाइरहेको छ । चलचित्र नेपालमा मात्र नभई भारत, कतार, साउदी अरेबिया, कुबेत आदी देशमा पनि ट्रेन्डिङमा परेको थियो । चलचित्रले युट्युबमा सकारात्मक प्रतिकृया पाएको छ । रिलिज भएको २ दिनको अवधिकामा झण्डै २२ लाख दर्शकले हेरेका छन् । युट्युबमा चलचित्रलाई सकारात्मक प्रतिकृया दिदै दर्शकहरुले ‘प्रेम गीत ३’ को माग गरेका छन् ।

रामशरण पाठक निर्देशित चलचित्रमा अहिलेका सुपरस्टार नायक प्रदिप खड्काको मुख्य अभिनय रहेको छ । यस्तै अभिनेत्री अश्लेषा ठकुरीले ‘प्रेम गीत’ २ बाट नै नेपाली चलचित्रमा डेब्यु गरेकी थिइन् । यस्तै चलचित्रमा कैलाश कटुवाल, कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दा प्रसाई आदिको पनि अभिनय रहेको छ । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन् ।

त्यसो च चलचित्र चल्नुका पछाडि चलचित्रको मेकिङ र कथावस्तु नै महत्वपूर्ण पाटो हो । अर्को भनेको ब्राण्ड पनि महत्वपूर्ण हुन्छ । पछिल्लो समय छक्का पञ्जाका सिक्वेल, ‘नाइ नभन्नु ल’का सिक्वेल जसरी चलेका छ उसैगरी प्रेम गीत पनि एउटा ब्राण्डका रुपमा स्थापित भएको छ । त्यसैले पनि दर्शकले यसको अर्को सिक्वेलको माग गरेका हुन् । प्रेम गीत २ चल्नुमा अर्को महत्वपूर्ण पक्ष भनेका चलचित्रको छायांकन स्थल पनि महत्वपूर्ण हो ।

म्यानमार, थाइल्याण्ड र नेपालकै प्रदेश ६ मा अवस्थित मुगुको रारा ताल र मर्मा गाउँको कथावस्तु जोड्नु पनि हो । हेर्दा सामान्य लागे पनि चलचित्र विदेशमा छायांकन गर्नु कठिन अवस्था हो । त्यहाँको वस्तुस्थिति पर्दामा उतार्नुले पनि दर्शक तानिएका हुन् । त्यस्तै नेपालको रारामा पुग्नु कति कठिन छ ? त्यो सवैलाई थाहा भएकै विषय हो, दुःख कष्ट गर्दै चलचित्रमा राराका सिनहरु समावेश गर्नु भनेको अर्को विदेशमा पुग्न सरह नै हो । रारा ताल सँगै मुर्मा गाउँसँगको कथा जोड्नुले पनि चलचित्रलाई दर्शकले रुचाएका हुन् ।

त्यस्तै चलचित्र निर्माता सन्तोष सेन सफल निर्माताका रुपमा समेत परिचत छन् । उनले बनाएका चलचित्र सफल बन्दै आएका छन् । उनले दर्शक लक्षित चलचित्र बनाएकै कारण पनि चलचित्र सफल हुने गरेका छन् । त्यस्तै चलचित्रका कलाकार र उनीहरुको अभिनयको पाटो पनि अर्को महत्वपूर्ण पक्ष हो । चलचित्रमा प्रदीप र अश्लेषाको अभिनयलाई पनि दर्शकले रुचाएका छन् ।

त्यसो त प्रदीप अहिलेका चल्तिका अभिनेता समेत हुन् । उनका फ्यानहरु धेरै भएका कारण पनि चलचित्र पर्दामा मात्र नभइ युट्युवमा समेत सर्वाधिक हिट हुन सफल भएको हो ।  त्यसो त पर्दामा नचलेका चलचित्र युट्युवमा भने सुपरहिट बनेका छन् । ‘डायरी’, ‘ग्यांगस्टार ब्लूज’, ‘धनपति’ लगायत चलचित्र बक्सअफिसमा असफल रहे पनि युट्युबमा लाखौं भ्यूअर्स कमाउन सफल भएका थिए ।