
काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फका अखिल क्रान्तिकारीका प्रेम जैसी निर्वाचित भएका छन् ।
जैसी ५४४ मत सहित स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनी अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी भन्दा ९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।
सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएक छन् ।