प्रेसर कुकर बम नेपाली सेनाबाट निश्क्रिय

title
सोमवार, असार २, २०७६

सोलुखुम्वुको सोलु–दुधकुण्ड नगरपालिका–११ भदौरेमा निमार्णधीन सोलुखोला दुधकोशी हाइड्रोपाावर परिसरमा भेटीएको प्रेसर कुकर बम नेपाली सेनाले निश्क्रिय पारेको छ ।

आयोजनाको एक्स्काभेटरमा आगजनी गरेको समुहले नजिकै राखेको प्रेसर कुकर बम आज बिहान निष्कृय पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ । सोलुखुम्वुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार बम डिस्पोज गर्न उदयपुरबाट नेपाली सेनाको डिस्पोजल टोली सोलुखुम्बु आएको थियो ।

निर्माणाधीन ८६ मेगावाट क्षमताको हाईड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार नचिनेका मानिसको समूहले आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटरको बाहिरी भाग जलेर नष्ट भएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको भएपनि घटना कसले र किन गरायो भन्ने खुलेको छैन ।