फलफूल तथा तरकारी आयातमा विषादी परीक्षण अनिवार्य : तयारीविनै नियम लागू हुँदा करोडौ डुब्ने खतरा

title
बिहिबार, असार १२, २०७६

लक्ष्मण ढुंगाना
बाँके । सरकारले तरकारी तथा फलफूल याता गर्दा विषादीको अवशेष परीक्षण अनिवार्य गरेको छ। परिक्षण प्रयोगशालाका लागि आवश्यकपर्ने पूर्वाधार र जनशक्तिको पर्याप्त तयारी बिनै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले परिपत्र जारी गरेपछि सीमास्थित भन्सार कार्यालयहरुले त्यसको कार्यान्वयन थालेका छन् ।

तर, आवश्यक पूर्वाधार र जनशक्ती अभावमै परीक्षण अनिवार्य गर्दा करोडौको तरकारी सीमा नाकामै कुहीने अवस्था छ ।
सरकारले नीति तथा कार्यक्रममै क्वारेनटाइन चेकिङलाई कडा बनामउने नीति लिएको हो। त्यसै अनुरुप देशभरीका भन्सार नाकामा फलफुल तथा तरकारी आयात गर्दा विषादीको अवशेष परीक्षण पछि मात्र पैठारी गर्न परिपत्र जारी गरेको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको परिपत्रका आधारमा फलफुल तथा तरकारीको विषादी परिक्षण बिना पैठारीमा रोक लगाईएको हो। उपभोक्ताको स्वास्थ्यका दृष्टिकोणले निकै स्वागतयोग्य कदम चालेको भएपनि आवश्यक तयारी विना गरिएको कार्यले देशभरका भन्सार नाकामा फलफूल तथा तरकारी थन्किएका छन्।

विभागकै परिपत्रका आधारमा नेपालगञ्ज भन्सार कार्यालयले पनि गत आईतवार देखि विनापरीक्षण तरकारी तथा फलफूल आयातमा रोक लगाएको छ। नमुना संकलन गरेर नेपालगन्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण इकाई कार्यालय बाँकेमा विषादी परिक्षणका लागि पठाइएपनि एतिका दिनसम्म परीक्षणको रिपोर्ट प्राप्त हुन सकेको छैन। त्यसैले नेपालग्रज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला नै हैरान छन्।

विषादी अन्वेषण द्रुत विश्लेषण एकाइ नेपालगञ्जका अनुसार भन्सार नाकाबाट पठाईएका फलफुल तथा तरकारीको गुणस्तर परीक्षण शुरु भएको छ। तर, एकजना मात्र कर्मचारी भएका कारण समयमा परिक्षण गरेर रिपोर्ट दिने काम सम्भव भएको छैन। एकाईमा यसअघि तरकारी परिक्षण नहुँने भएपनि तरकारीको जाँच शुरु भएपछि भने कामको निकै चाँप बढेको छ। ए

काइको ल्यावका संचालनका लागि कम्तिमा पनि ५ जना प्राविधिक आवश्यक हुन्छ। तर, आवश्यकता अनुसार कर्मचारी नहुँदा समस्या आएको छ। कर्मचारीहरु देशभरीका कुनैपनि नाकामा कर्मचारी नहुँदा समस्या आइरहेको विषादी अन्वेषण द्रुत विश्लेषण एकाईका प्रमुख सकिल अहमदको भनाई छ।

विषादी अन्वेषण द्रुत विश्लेषण एकाइले प्राप्त नमुनाको परीक्षण गरि भन्सारलाई पठाउने र त्यहाँवाट थप जाँचबुझ र आवश्यक प्रकृया अनुसार गाडी भित्र्याउने गरिन्छ। तर, एकजना मात्र कर्मचारी भएका कारण नमुना परीक्षणमै ढिलाई भएपछि जाँचपासमा रोकिएर्कै कारण व्यवसायी समस्यामा छन्।

परीक्षणका लागि ३ देखी ५ दिनसम्म पालो कुर्नु पर्दा करोडौको तरकारी र फलफूल सीमानाकामै सडेर नष्टहुने अवस्था छ। नेपालगंजमा तथा त्यहाब्ँटा अन्यत्रस्थानमा समेत तरकारी तथा फलफूल पठाउने व्यवसायीहरु मोहमद अहिस राइ र हैदर अली आफ्नो सम्पूर्ण लगानी सरकारले हचुवामा लागू गरेको नीतिका कारणमा डुब्न लागेको गुनासो गर्छन्।

आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन सरकारले फलफुल तथा तरकारीको विषादी परिक्षण अनिवार्य गरेपछि फलफूल तथा तरकारी उत्पादक कृषकहरु खुसी भएका छन्। बाहिरबाट आयात गरिने फलफूल पनि विषदीरहित छ भनेर विश्वास गर्ने वातावरण बने उपभोक्ता स्वास्थ्यको चिन्ता घट्ने छ ।

तर, आवश्यक तयारी नगरी विना पूर्वाधार हचुवामा आएको निर्णयले सीमा नाकामा फलफूल तथा तरकारी रोकिँदा करोडौ सडेर जाने अवस्था छ। यसैपनि गर्मी मौसममा कुहिने तरकारीमा समेत राज्यकातर्फबाट गरिएको ढिलाइले व्यवसायीहरुसँगै राज्यको कराेडौ रकम कुहिने अवस्था छ। यस्तो अवस्था अउन नदिन सरकारले पहिला पूर्वाधार निर्माणा गरेर पो  नियम कार्यान्वयन गर्ने हो कि !