फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल

title
बिहिबार, साउन ३१, २०७५

काठमाडाैं । भुटानको थिम्पुमा जारी यू १५ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रबेशका लागि आज नेपाली यु–१५ महिला टोलीले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे चाम्लिङथाङ रंगशालमा हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग जित र दोस्रो खेलमा बंगलादेश विरुद्ध पराजित भएपनि समूहको उपविजता बन्दै सेमिफाइनलमा स्थान बनाएको नेपाली टोलीले भारतलाई हराउँदै फाइनलको यात्रा तय गर्ने दाउमा छ ।

नेपाली टोलीका लागि यो खेल सोचेजस्तो सहज भने छैन । भारत आफैमा बलियो टिम हो । भारतले समूह चरणमा श्रीलंकामाथि १४–० को शानदार जित हात पारेको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई १–० ले हराउँदै समूह विजेता बनेको हो । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक भने निकै नै आशालाग्दो प्रदर्शन गरेको छ ।

यसैबीच, आजै अर्को हुने अर्को खेलमा बंगलादेशले आयोजक भुटानको सामना गर्दैछ ।खेल नेपाली समयअनुसार राति पौने ७ बजे चाम्लिङथाङ रंगशालमा हुनेछ ।

भुटानले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । भने दोस्रो खेलमा भारतसँग १–० को पराजय व्यहोरेको थियो । लगातर दुईवटा खेलमा पराजय व्यहोरेका पाकिस्तान र श्रीलंका भने प्रतियोगिताबाट बाहिरएका छन् । बंगलादेश प्रतियोगिताको साविक विजेता टोली हो भने भारत उपविजेता टोली हो ।