फागुनमा स्ववियु निर्वाचन

title
मङ्लबार, पुस २४, २०७५

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आइतबार सबै क्याम्पसलाई निर्वाचनको पूर्वतयारी गर्न परिपत्र गरेको छ ।

त्रिविको परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित एवम् सदस्यहरुको दुईवर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पूर्वतयारी गर्न गराउनु हुन’ भनिएको छ ।

निर्वाचनको मिति र विस्तृत विवरण निर्वाचन हुनुभन्दा एक महिना अगाडि मात्रै त्रिविको कार्यकारी परिषदको बैठकले तय गर्ने जनाइएको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।