फाल्गुनन्द गोल्डकप: विभागिय टोली त्रिभूवन आर्मी फाइनल प्रवेश

title
शनिबार, पुस २८, २०७५

खबिन/पाँचथर । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको अन्तिम सेमिफाइलन खेलबाट विभागिय टोली त्रिभूवन आर्मी क्बल फाइनल प्रवेश गरेको छ ।

शनिवार भएको अन्तिम सेमिफाइनलमा रोयल फुटवल क्लब भारत दार्जिलिङलाई १ का विरुद्ध २ ले हराउदै आर्मीले फाइलन यात्रा तय गरेको हो । आर्मीका तर्फबाट राजेस पौडेल र एरिक विष्टले गोल गरेका थिए भने दार्जिलिङको तर्फबाट सिद्धान्त क्षेत्रीले १ गोल फर्काएका थिए ।

फाल्गुनन्द गोल्डकपको यो सिजनमा ए डिभिजन सहित १० टिम सहभागी छन् । प्रतियोगिताको बिजेता टिमले ४ लाख नगद सहित ट्रफी र उपविजेताले २ लाख प्राप्त गर्ने छन् ।