फाल्गुनन्द गोल्डकप : झापा ११ बिजयी, त्रिभुवन आर्मी दुई एक गोल अन्तरले पराजित

title
सोमवार, पुस ३०, २०७५

पाचँथर । दशौँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ ले जितेको छ ।

पाचँथरको फिदिममा सोमवार सम्पन्न फाइनल प्रतिस्पर्धामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि जितेको हो । उपाधिसंगै झापाले ४ लाख नगद प्राप्त गरेको छ । यता, उपविजेता बनेको आर्मीले २ लाखमा चित्त बुझाएको छ ।

यसअघि सेमिफाइनलमा झापाले काठमाडौंका सरस्वती युथ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै आर्मीले दार्जिलिङको रोयल फुटबल क्लबलाई हराउ“दै फाईनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा ए डिभिजनबाट एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, सरस्वती र मोफसलबाट सुनसरी ११, झापा ११, मोरङ ११, कर्णसिंह सोनाम स्मृति, आयोजक फिदिम स्पोर्टिङ गरि १० टोलीको सहभागिता रहेको थियो ।