फिजिमा ८.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

title
आइतवार, भदौ ३, २०७५

एजेन्सी । फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ । आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको हो ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आएपनि यसले कुनै क्षती नपुगेको जानकारी दिएको छ । भूकम्पका कारण न्यूजिल्याण्डमा सुनामीको कुनै खतरा नरहेको सिभिल डिभेन्सका प्रवक्ताले जानकारी दिए ।