फिफा ‘द बेस्ट’को अवार्ड कस्ले जित्ला ?

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो ।

शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वा्धिक गोलकर्ताको उपाधि हात पारेका थिए । मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए ।

शीर्ष तीनमा परेका खेलाडीमध्ये क्रिस्टियानो रोनाल्डो पहिलो रियल मड्रिड र अहिले युभेन्ट्समा छन् । उनी च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता खेलाडी हुन् । त्यसैगरी यही दौडमा रहेका क्रोएसियाका लुका मोड्रीच रियल म्याड्रिडबाट खेल्छन् ।

उनले फुटबल करियरमा पाएको सफलता भनेको च्याम्पियन्स लिग विजेता, फिफा क्लब विश्वकप विजेता, विश्वकपको फाइनलमा कप्तान, विश्वकपको गोल्डेन बल विजेता हो । त्यस्तै अर्का खेलाडी इजिप्टका मोहमद सलाह पनि अवार्डको दौडमा छन् । उनले च्याम्पियन्स लिग फाइनल खेलेको, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा दोस्रो स्थान, प्रिमियर लिगको सर्वाधिक गोलकर्ता उनी हुन् । यसअघि एन्टोइन ग्रिज्मन, केभीन डे ब्रुएन, इडेन हाजार्ड, ह्यारी केन, किलियन एमबप्पे, लिओनेल मेसी, राफेल भाराने थिए ।