फिलिपिन्समा शक्तिशाली आँधी, मृत्यु हुनेको संख्या १४ पुग्यो, ५० लाख प्रभावित ।

title
आइतवार, भदौ ३१, २०७५

एजेन्सी । फिलिपिन्समा आएको मङ्खुट नामक आंधीबाट १४ जनाको ज्यान गएको छ ।
उत्तरी फिलिपिन्सको लुजोन टापुमा १ सय २४ किलोमिटर प्रतिघण्टाको गतिमा समुद्री आंधी आएको हो ।

लुजोन टापुका विभिन्न स्थान जलमग्न भएको र ४० भन्दा धेरै स्थानमा पहिरो गएको छ । आंधीसंगैको भारी वर्षाका कारण बाढी र पहिरोमा परी अरु दर्जनौं हराइरहेका छन् भने ५० लाख मानीस प्रभावित भएका छन्  ।

त्यसबाहेक आंधीका कारण यातायात, विद्युत हवाई सेवा, सञ्चार तथा अन्य पूर्वाधारमा क्ष्ँति पु¥याएको फिलिपिनी अधिकारीले जनाएका छन् ।

फिलिपिन्सका १० करोडमध्ये करिब आधा जनसङ्ख्या बसोबास गर्ने लुजोन टापुमा आंधीले क्षति पु¥याएको हो ।

आंधी अहिले दक्षिण चीन सागरको बाटो हुंदै हङकङ र चीनको मुख्यभूमितिर लागिरहेको मौसमविद्ले जनाएका छन् । यो आंधीलाई फिलिपिन्समा आएको यो वर्षकै सबैभन्दा खतरनाक आंधीको संज्ञा दिइएको छ ।