फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

title
बिहिबार, भदौ २१, २०७५

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने गर्छ ।
अायल निगमले बुधबार रातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ र एलपीजी ग्यासमा २५ रुपैयाँ बढाएको हाे । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय १२ रुपैयाँ, डिजेल र मट्टितेलको मुल्य ९८ र प्रतिसिलिण्डर ग्यासको मुल्य १ हजार ४०० पुगेको छ ।