फेरि सर्यो संसदीय सुनुवाइ समितिको बैठक

title
बुधबार, साउन १६, २०७५

काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको सम्बन्धमा बसेको संसदीय सुनुवाई समितिको बैठक शुक्रबार १० बजेका लागि सरेको छ ।

निर्वाचनबाट जोशीको नाम अस्वीकृत गरे बैठक बहिस्कार गर्ने कांग्रेसको चेतावनीका कारण आजको बैठक निष्कर्षहीन रुपमा सकिएको हो ।

‘बहिस्कारका बीच निर्णय गर्नु उचित होइन्, त्यसैले आजको बैठकमा विषयबस्तुबारे कुनै भएन’ नेकपाका सांसद योगेश भट्टराईले बैठकपछि भने ।

कांग्रेसको चेतावनीपछि बैठकअघि आगामी कदमबारे बैठक कक्षमै समितिमा रहेका नेकपाका सांसदहरु एक्लाएक्लै बैठक गरेका थिए ।