
काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक फोहोरले छोपेको अवस्थामा शव भेटिएको खुलेको छ । शव नदेखियोस् भन्ने हिसाबले पुरानो शौचालयमा फोहोरले छोपेर लुकाएको जस्तो प्रारम्भिक जाँचमा देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । बुधबार राति धोबिखेला करिडोर नजिक ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थायी घर भएका ५० वर्षीय अड्विर राईको शव भेटिएको थियो ।
शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी निरञ्जन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । काठमाडौं प्रहरीका अनुसार, सोको अफिसरसहित त्यहाँ पुगेको टोलीले फोहोर हटाएर शव निकालेको थियो ।