फ्रान्स सरकारले बढाएको इन्धनमाथिको कर फिर्ता

title
मङ्लबार, मंसिर १८, २०७५

एजेन्सी । फ्रान्स सरकारले बढाएको इन्धनमाथिको कर फिर्ता लिने निर्णय गरेको छ । सरकारले इन्धनमाथि लाग्दै आएको कर बढाएपछि झण्डै तीन हप्तादेखि फ्रान्समा प्रदर्शन हुदै आएको थियो ।

प्रदर्शनका क्रममा ८० वर्षकी एक महिलासहित चारजनाको ज्यान गैसकेको छ । हजारौं श्रमिक मुल्य बृद्धिको बिरोधमा सडकमा प्रदर्शनमा उत्रिएपछि सरकार आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोंले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।