बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी शुरुवात

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगितामा जित हासिल गर्दै आयोजक बंगलादेशले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा लाओस १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली बंगलादेशले विजयी शुरुवात गरेको हो ।

सिल्हेट जिल्ला रंगशालामा भएको पहिलो खेलमा बंगलादेश १–० ले विजयी रहयो । घरेलु टोलीका लागि बिप्लो अहमदले खेलको ६० औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षकको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । यससँगै समूह ‘बी’ मा बंगलादेशले ३ अंक जोडेको छ ।

यस समूहको अर्को खेलमा लाओसले बुधबार फिलिपिन्सको सामना गर्नेछ । शुक्रबार हुने खेलमा बंगलादेश र फिलिपिन्स भिड्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल, ताजिकिस्तान र प्यालेस्टाइन छन् ।