बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

title
सोमवार, भदौ २५, २०७५

गर्वले एन्फाको छाति फुल्यो र त बधार्इ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ ।

एन्फाले विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो ।

एन्फाले विशेषगरी ढाकामा रहेका नेपाली समर्थकलाई धन्यवाद ज्ञापन गरेको हो । शनिबार बंगलादेशविरुद्धको महत्वपूर्ण खेलमा पनि नेपाली समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ढाकामा नेपाली प्रसंशकको समर्थनले नेपाली टिमका खेलाडीलाई निकै ठुलो प्रेरणा र उत्साह मिलेको बताउदै सेमिफाइनल खेलमा पनि यस्तै समर्थनको अपेक्षा एन्फाले राखेको छ ।