बजारमा बेतिथि–सरकार मौन!

title
मङ्लबार, कार्तिक २०, २०७५

काठमाडौं । नेपालका सन्दर्भमा व्यापारीहरुले धेरै मुनाफा कमाउने होडमा खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएर बेच्नु सामान्य कारोवार जस्तै बनिसकेको छ ।

उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको गुणस्तर, शुद्धता, परिमाण वा तौलमा समेत उपभोक्ता खुलेआम ठगिई रहेका छन् ।

तै पनि उपभोक्ता अधिकार सुनिश्चित् गर्नुपर्ने निकायको भुमीका सुन्यप्राय छ । दैनिक उपभोग्य वस्तुको बजार भाऊ चाडपर्वको षैषममा अस्वाभावीक रुपमा उकालो लाग्छ ।

तर पनि मुल्यमा मनपरि गर्न पल्केका व्यापारिले उपभोक्ताले खरिद गर्ने प्राय सबै खाद्य बस्तुमा अखाद्य बस्तु मिसाएर बेचिरहेका छन् ।

सर्वसाधारणको गुनासो कै बीच कुनैपनि बस्तुको बजार मुल्य, गुणस्तर र शुद्धिकरणमा व्यापारी तथा उद्योगीको चरम लापरवाही घटेको छैन ।

उपभोक्ताहरु गुणस्तरहिन बस्तु तथा सेवामा खुलेआम ठगिई रहेका छन् । चाडबाडको समयमा बढी खपत हुने तेल, मैदा, चिनी, दूध, तरकारी, फलफुल तथा तिहारका सामानमा अचाक्ली मुल्य बढ्छ । मिसावटको कुनै सिमा छैन ।

सरकारले महगी रोक्ने संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीको मनपरी बढेको हो । तै पनि उपभोक्ताहरु आफुले खरिद गरेको खाद्य बस्तुमा अखाद्य बस्तु मिसिएको पाइएमा कहा गुनासो गर्ने र कसले कारवाहि गर्छ भन्ने मै अन्यौलमा छन् ।

यही अन्यौका बीच, बजारमा हानिकारक चिल्लो पदार्थ, हानिकार रंङ, तथा पेय पदार्थको मुल्य र गुणस्तरमा व्यापारीले मनोमानी गरिरहेको सर्वसाधारणको गुनासो छ ।

चाड पर्वको समयमा गरिने अनुगमनमा समेत मिलेमतो सुनिने तथा कैफीयत गर्ने व्यापारीलाई पनि उन्मुक्ति दिईने गरेकाले पनि उपभोक्ता अधिकार चेपुवामा परेको हो ।

खाद्य वस्तु उत्पादन गर्ने उद्योग, व्यवसायी र व्यापारीको मिलेमतोमा खाद्य वस्तुसंग मिल्ने उस्तै अखाद्य बस्तु मिसावट गर्ने गरेको धेरै पटक पुष्टि भइसकेका छन् ।

यसरी मिसावट भएको खाद्यान्नको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या र जोखीम निम्तेको पनि पुष्टि भइसकेको सत्य हो ।

तै पनि व्यापारि तथा कारोवाररिको यस्तो धन्दा प्रति कुनै पनि जिम्मेवार निकाय जवाफदेहि देखिंदैन ।