
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो ।
तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । नेगेटिभ मार्केटकाबीच पनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य ९.२६ प्रतिशतले घट्न पुगेको छ ।
सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ ।